किभमा रुसी हवाई आक्रमण, रेलकर्मी र दुई बालबालिकासहित १२ जनाको मृत्यु
ratopati.com · Tue Sep 01 06:32:48 GMT 2026

किभ । युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । आक्रमणमा दुई बालबालिकासहित १७ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
मंगलबार राति गरिएको आक्रमणका क्रममा किभमा सरकारी रेल कम्पनी उक्रजालिज्नित्स्याको डिपोमा समेत प्रहार भएको थियो । त्यहाँ कार्यरत रेलकर्मीमध्ये ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । किभनजिकैको बोरिस्पिल सहरमा थप चार जनाको मृत्यु भएको छ ।
Read full story at source (ratopati.com)