जलवायु परिवर्तनलाई राष्ट्रिय प्राथमिकताको एजेण्डा बनाउनुपर्छ : मन्त्री चौधरी
barnanmedia.com · Tue Sep 01 06:30:27 GMT 2026

काठमाडाैं । कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेण्डाका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।
मन्त्री चौधरीले अति कम विकसित मुलुकहरुको मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन जानुअघि मन्त्रालयमा आयोजित विज्ञहरुको छलफलमा जलवायु परिवर्तनको मुद्दालाई नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा राख्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले नेपाल सरकारले विश्वसामु जलवायु न्यायलाई अधिकारका रूपमा स्थापित गर्न नसकेसम्म जलवायु संकटले निम्त्याउने क्षति र समस्यालाई राष्ट्रिय प्राथमिकतामा राख्न कठिन हुने बताउनु भयो ।
Read full story at source (barnanmedia.com)