आईजीपी कार्कीमाथिको आरोपमा गृहमन्त्री र सांसद सुनार आमनेसामने, ‘दोषीलाई काखी नच्याप्न’ चेतावनी
barnanmedia.com · Sat Aug 15 05:10:37 GMT 2026

गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि आरोप प्रमाणित नहुँदै गम्भीर टिप्पणी गर्न नहुने बताएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले दोषीलाई काखी नच्याप्न चेतावनी दिएका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले आईजीपी कार्कीमाथि गम्भीर भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल निलम्बन गरेर अनुसन्धान अघि बढाउन माग गरेका थिए। त्यसपछि कार्कीमाथि लागेको आरोप र सुनारको मागलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा पक्ष–विपक्षमा बहस सुरु भएको छ।
Read full story at source (barnanmedia.com)