शतकपछि कुशलको प्रतिक्रिया- शीर्ष ब्याटरले राम्रो सुरुआतमा खुसी छु
gorkhapatraonline.com · Sat May 16 12:38:04 GMT 2026
आइसिसी विश्वकप लिग–२ को शृङ्खलामा अमेरिकामाथि सानदार जित निकालेपछि नेपालका शतकधारी ब्याटर कुशल भुर्तेलले आफ्नो शतकभन्दा पनि शीर्ष क्रमका ब्याटरले रन बनाउन सक्दा बढी खुसी लागेको बताउनुभएको छ ।
अमेरिकाविरुद्ध अविजित १२० रनको शतकीय पारी खेल्नुभएका ओपनर भुर्तेलले खेलपछिको पत्रकार सम्मेलनमा भन्नुभयो, “लामो समयदेखि शीर्ष क्रमका ब्याटरबाट राम्रो सुरुआत हुन सकिरहेको थिएन, आज त्यो सम्भव हुँदा निकै खुसी लागेको छ । मेरो व्यक्तिगत शतकभन्दा पनि टोलीको जित सधैँ महत्वपूर्ण रहन्छ ।” उहाँले शतक पूरा हुँदाको क्षण व्यक्त गर्न आफूसँग शब्द नै नभएको समेत उल्लेख गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)