नेताहरूबिच द्वन्द्व सिर्जना गराएर स्वार्थ पूरा गर्ने पुराना प्रवृत्तिबाट सचेत रहौँ : सुदन किराती
ratopati.com · Sat Aug 15 08:14:47 GMT 2026

काठमाडौँ । नेताहरूबिच द्वन्द्व सिर्जना गराएर आफ्नो स्वार्थ पूरा गर्ने पुराना प्रवृत्तिबाट सचेत रहन श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले श्रमदाता तथा शुभचिन्तकहरूलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
नेताहरूको बिचमा खेल्ने र द्वन्द्वबाट आफ्नो स्वार्थको रोटी सेकाउने खतरनाक प्रवृत्ति नेपाली राजनीतिमा रहेको उल्लेख गर्दै उनले यसबाट कसैलाई फाइदा नपुग्ने स्पष्ट पारेका छन् । आफ्नो पार्टीमा यस्तो प्रवृत्तिले कुनै स्थान पाउन नहुनेमा उनले जोड दिएका छन्।
Read full story at source (ratopati.com)