प्रधानमन्त्रीको समर्थकलाई कांग्रेसको प्रश्न- राष्ट्रको बेइज्जत गर्दा खुसी हुने कस्तो मानसिकता ?
nepalpress.com · Tue Jun 09 07:50:11 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले नेपालले छिमेकी देश भारतको कुनै पनि जमिन नमिचेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाहले नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी बनाउन खोजेको टिप्पणी गरे।
उनले भने, ‘नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नुभएको छ। सामाजिक सञ्जालमा पनि अझ उहाँका शुभचिन्तकहरूले पनि नभएका प्रमाणहरू सिर्जना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागिपरेका छन्। यो तहको राष्ट्रघात गर्न उहाँहरूलाई किन मन लागेको हो? राष्ट्रको बेइज्जत गर्दा आनन्द र खुसी हुने कस्तो मानसिकता निर्माण गर्दै छौँ ? अथवा कस्तो समाजको परिकल्पना हामी गर्दै छौँ?’
Read full story at source (nepalpress.com)