विपदमा बालबालिका: राहतसँगै मनको पुनर्स्थापना
ratopati.com · Tue Sep 01 07:11:47 GMT 2026

नेपालको विपद् इतिहासमा फेरि एउटा पीडादायी दिन थपिएको छ। रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले घर, विद्यालय, सडक, पुल, स्वास्थ्य संस्था र जीविकोपार्जनका आधारहरूमा ठूलो क्षति पुर्यायो। सयौँ मानिसले ज्यान गुमाएका छन्, धेरै अझै बेपत्ता छन् र हजारौँ परिवारको जीवन एकाएक अस्तव्यस्त भएको छ।
युनिसेफका अनुसार रसुवा, नुवाकोट र धादिङमा आएको यस बाढीबाट कम्तीमा १७ हजार बालबालिका प्रभावित भएका छन्। १८ वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने थप २० विद्यालयमा क्षति पुगेको छ। करिब १० हजार विद्यालय उमेरका बालबालिकालाई पढाइको निरन्तरता, सिकाइ सामग्री र मनोसामाजिक सहयोगको तत्काल आवश्यकता रहेको प्रारम्भिक आकलन छ।
Read full story at source (ratopati.com)