भोटेकोशी बाढीः रसुवामा ६६ वटा शव फेला
barnanmedia.com · Tue Sep 01 07:09:30 GMT 2026

भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरुको ६६ वटा शव जिल्लाका विभिन्न स्थानमा फेला परेको छ । जिल्लाको बेत्रावतीमा दश, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा छ वटा शव फेला परेको जिल्ला प्रहरी प्रमुख अशोक थापाले राससलाई जानकारी दिनुभयो ।
त्यसमध्ये छ वटा शव पहिचान भएको छ । फेला परेको शवलाई सङ्कलन गरी धुन्चे ल्याउने तयारी गरिरहेको छ । बाढीमा परी बेपत्ता भइरहेका अन्य व्यक्तिको खोजी भइरहेको उहाँको भनाइ छ ।
Read full story at source (barnanmedia.com)