विजयपुर खोलामा दुई किशोर बेपत्ता, खोजीमा जुट्यो गोताखोर टोली
kendrabindu.com · Sat Aug 15 11:06:11 GMT 2026

पोखरा। कास्कीको पोखरा महानगरपालिका–१४ र २६ जोड्ने विजयपुर खोला तर्नेक्रममा आइतबार दिउँसो दुई किशोर बेपत्ता भएका छन्। विजयबस्तीबाट सक्नेरीतर्फ जाने क्रममा करिब दिउँसो १ बजे उनीहरूलाई खोलाको तीव्र बहावले बगाएको प्रहरीले जनाएको छ।
बेपत्ता भएका दुईमध्ये एक किशोरको परिचय खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तालिमप्राप्त गोताखोरसहितको टोली परिचालन गरिएको छ। घटनास्थल तथा आसपासका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)