जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण
khabarhub.com · Sat Aug 15 11:26:24 GMT 2026
दमौली – तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस पुल निर्माण प्रक्रिया अघि बढेको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा सर्वसाधारणको सहज आवागमनका लागि पुल निर्माण सुरु गरिएको हो ।
पुल निर्माणका लागि चितवनस्थित जलप नेपाल प्रालिसँग गत मङ्सिर २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माण २४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार करिब रु आठ करोड १० लाखको लागतमा ५५ मिटर लामो ट्रस पुल निर्माण भइरहेको छ ।
Read full story at source (khabarhub.com)