प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार
nepalsamaya.com · Sat May 16 13:06:02 GMT 2026

म्याग्दी। जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप विकासका लागि तरकारीखेती विस्तार गरेको छ। प्रयोगात्मक अभ्यास, चमेनागृह र छात्रावासका लागि आवश्यक पर्ने तरकारी आपूर्तिका साथै विद्यार्थीमा व्यावसायिक र प्रयोगात्मक ज्ञान, सीप विकास गराउने उद्देश्यले तरकारीखेती विस्तार गरिएको हो।
मुक्तिधाम माविका प्रधानाध्यापक अमरबहादुर खत्रीले वार्षिक रु २५ हजार तिर्नेगरी भाडामा लिएर चार रोपनी जमिनमा लगाइएको तरकारीले चमेनागृह र छात्रावासको माग धान्नाका साथै बिक्री गरेर विद्यार्थीले खाजा खर्च जुटाउने गरेका बताउनुभयो। यसले विद्यार्थीमा प्रयोगात्मक सीप विकास गर्नाका साथै आत्मनिर्भर बन्न प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे।
Read full story at source (nepalsamaya.com)