नवलपुरमा भेटिएका १५९ शव व्यवस्थापन
barnanmedia.com · Tue Sep 01 07:11:16 GMT 2026

भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदीमा भेटिएका शवमध्ये १५९ वटा शव व्यवस्थापन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लामा भेटिएका २१६ शवमध्ये हालसम्म १५९ वटा शवको व्यवस्थापन गरिएको हो । जिल्लाका विभिन्न अस्पतालमा राखी पहिचान हुन नसेका शवहरुको स्थानीय वनमा व्यवस्थापन गरिएको पण्डितले जानकारी दिनुभयो । पहिचान नभएका शवहरु कावासोती नगरपालिकाको ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वनमा जमिनमुनि गाडेर अस्थायी व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।
Read full story at source (barnanmedia.com)