कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत
lokaantar.com

मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृति गरिएको छ । आज बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।
कार्यविधिअनुसार अब कृषि उद्योग, पर्यटनलाई प्राथमिकता दिएर योजना बन्ने शाहले जानकारी दिए । त्यसैगरी सङ्गठन संरचना अध्ययन गर्नका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । लक्ष्मण अर्यालको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । उक्त समितिले असार १५ गतेभित्र अध्ययन गरेर प्रतिवेदन बुझाउने जनाइएको छ ।
Read full story at source (lokaantar.com)