सीमित अवधिका निम्ति आईकौर–२३ पुरानै मूल्यमा उपलब्ध
baahrakhari.com · Tue Jun 09 08:39:15 GMT 2026

काठमाडौं । नेपालमा लोकप्रिय बन्दै गएको लाइफस्टाइल इलेक्ट्रिक एसयूभी आई कौर२३ अब सीमित अवधिका निम्ति पुरानै मूल्यमा उपलब्ध हुने भएको छ । नेपालका लागि आईकौर ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ग्राहकको उच्च माग र विश्वासलाई सम्मान गर्दै विशेष सीमित–स्टक अफर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार, हालै सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनमा लागु गरिएको नयाँ कर संरचनाका कारण आईकौर–२३ को आधिकारिक मूल्य वृद्धि भएर ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ । तर, ग्राहकको निरन्तर उत्साहजनक प्रतिक्रिया र ब्रान्डप्रतिको विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सीमित संख्यामा उपलब्ध स्टकका निम्ति पुरानै मूल्य ५० लाख ९९ हजार रुपैयाँ कायम राख्ने निर्णय गरेको जनाइएको छ ।
Read full story at source (baahrakhari.com)