सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद थप
rajdhanidaily.com · Fri Jun 26 04:08:21 GMT 2026

काठमाडौँ। सरकारले सुकुम्वासीहरुलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ । यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै १९ गते सम्मको समय दिएको हो ।
यसअघि असार ९ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरी असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो । आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोको आधारमा म्याद थपिएको जनाएको छ ।
Read full story at source (rajdhanidaily.com)