५० लाख ९९ हजार रुपैयाँमै iCAUR V23 किन्न सकिने, सीमित स्टकका लागि विशेष अवसर
nagariknews.nagariknetwork.com · Tue Jun 09 09:10:32 GMT 2026

नेपालका लागि iCAUR आधिकारिक वितरक वितरक SPG Automobiles Pvt. Ltd. ले लोकप्रिय iCAUR V23 मा विशेष सीमितस्टक अफर घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले ५० लाख ९९ हजार रुपैयाँको पूर्व-बजेट मूल्यमा iCAUR V23खरिद गर्न सक्नेछन्, जबकि हालको बजेटपछिको आधिकारिक मूल्य ५३ लाख९९ हजार रुपैयाँ कायम गरिएको छ।
हालै सार्वजनिक भएको बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा iCAUR V23 को आधिकारिक बिक्री मूल्य ५३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । तथापि, ग्राहकको उल्लेखनीय रुचि र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै SPG Automobiles Pvt. Ltd. ले सीमित संख्यामा उपलब्ध स्टकका लागि iCAUR V23 लाई पुरानै मूल्य ५०लाख९९ हजार रुपैयाँमा उपलब्ध गराउने निर्णय गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)