एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोज दोस्रो साता
annapurnapost.com · Tue Jun 09 09:16:21 GMT 2026
काठमाडौं : नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को तेस्रो संस्करण असोजमा दोस्रो साता हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले सोमबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै तेस्रो संसकरण तेसो संस्करण असोज ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आयोजना हुने जनाएको छ ।
सहभागी फ्रेन्चाइज टिम र सरोकारवालाहरुसँगको छलफलपछि तेस्रो संस्करणको मिति तय गरेको पनि आयोजकले जनाएको छ । पछिल्लो समय नेपालमा महिला भलिबलको क्रेजको बढिरहेको र दशैँ अगाडि हुने यस लिगमा दर्शकलाई चाडपर्वको खेलको मनोरञ्जन पनि एक साथ दिने आयोजकको विश्वास छ । एसियाकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिगको रुपमा समेत रहेको यस लिगले नेपालको महिला भलिबलको विकासमा ठूलो सहयोग पुग्ने आयोजकको विश्वास छ ।
Read full story at source (annapurnapost.com)