पत्रकारिता पेसालाई सुरक्षित बनाउन ‘ज्येष्ठ पत्रकार पेन्सन कोष’ स्थापना
ratopati.com · Sat May 16 14:23:47 GMT 2026

खोटाङ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरेको छ । पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गरेको हो।
ज्येष्ठ पत्रकारहरूको हित संरक्षण, आत्मसम्मान अभिवृद्धि, सामाजिक सुरक्षा सुनिश्चितता तथा उनीहरूको अनुभव, योगदान र समपर्णको उच्च कदर गर्न जिल्लामा ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरिएको नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले जानकारी दिए।
Read full story at source (ratopati.com)