मोदीले गरे नयाँ भिजन ‘सप्तधारा’ घोषणा
kendrabindu.com · Sun Aug 16 02:40:06 GMT 2026

काठमाडौं । भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारको नयाँ भिजन ‘सप्तधारा’ घोषणा गरेका छन् । उनले ‘नक्सलमुक्त भारत’ निर्माणमा हासिल भएको प्रगति र सन् २०३६ को ओलम्पिक आयोजनाका निम्ति आफ्नो देशको दाबीबारे पनि उल्लेख गरे ।
भारतको स्वतन्त्रता दिवसका अवसरमा मोदीले लगातार १३औँपटक लालकिल्लाको पर्खालबाट झन्डोत्तोलन गरे । करिब सवा घण्टा लामो सम्बोधनका क्रममा उनले आफ्नो सरकारका उपलब्धिको चर्चा र भावी नीतिबारे नयाँ घोषणा गरे ।
Read full story at source (kendrabindu.com)