लेदोमा बगेर मुस्किलले बाँचेका भुवनको पीडा
ratopati.com · Tue Sep 01 08:50:55 GMT 2026

विराटनगर। भदौ १० गते बिहान रसुवाको सीमावर्ती क्षेत्र टिमुरेमा आएको विनाशकारी लेदोसहितको भीषण बाढीले धेरैको जीवन समाप्त पार्यो । भोटेकोशी नदीमा आएको सोही भीषण बाढीका कारण मोरङको लेटाङ नगरपालिका–६ लामिटार घर भई टिमुरेमा ‘पाख्रिन होटल’ (हेटौँडे होटल) सञ्चालन गर्दै आएका भुवनसिंह तामाङ (भुवनकुमार) भने लेदोमा बगेर पनि बाँच्न सफल भए ।
बाढीले उनको होटलसँगै परिवारका चार सदस्यलाई भने बेपत्ता बनायो । बाढीमा परी भुवनका परिवारका चार सदस्य– पत्नी सोना (सोनाम) लिम्बू, बुहारी मेघा (मेनुका) लिम्बू, सासू देवीमाया तामाङ र छोरा–नाति पासाङ तामाङ अझैसम्म बेपत्ता छन् । आजसम्म पनि उनीहरूको कुनै अत्तोपत्तो छैन ।
Read full story at source (ratopati.com)