जलथलमा जंगली हात्तीको आतंक बढ्यो
nepalnews.com · Sun Aug 16 03:45:20 GMT 2026

झापा । झापाको हल्दिबारी–३ जलथल क्षेत्रमा जंगली हात्तीको आतंक पुनः बढेको छ । गए राति करिब ११:३० बजे तीन वटा हात्ती बस्ती प्रवेश गरी स्थानीयका घर, बालीनाली तथा भौतिक संरचनामा क्षति पुर्याएका छन् ।
हात्ती रातभर गाउँ आसपास घुमेपछि स्थानीयवासी त्रासमा जाग्राम बस्न बाध्य छन् । स्थानीयका अनुसार उक्त हात्ती आज पनि फर्किएको छैन । हात्तीले किशोर बानियाँ, आकाश आचार्य, अर्जुन खड्कालगायतका घर तथा बालीनालीमा क्षति पुर्याएको छ । दिनमा भन्दा रातमा हात्ती बढी सक्रिय हुने भन्दै स्थानीय अर्जुन खड्काले आफूहरू त्रासमा रातभर जाग्राम बस्नुपरेको बताए ।
Read full story at source (nepalnews.com)