कमजोर बन्दै शिखर इन्स्योरेन्सकाे अवस्था, नाफामा ७१ प्रतिशतको पहिरो, इपीएस कति ?
arthasansar.com · Sun Aug 16 04:50:09 GMT 2026

शिखर इन्स्योरेन्सको नाफामा उच्च गिरवाट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा अघिल्लो आर्थिक वर्षको तुलनमा ७१ प्रतिशतको गिरावट आएको हो ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १३ करोड ८ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७१.२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४५ करोड २० लाख १० हजार रुपैयाँ रहेको थियो । नाफा घटे पनि कम्पनीको बीमा कोषमा भने उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा बीमा कोष ३३.५३ प्रतिशतले बढेर ७ अर्ब ९४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कोष ५ अर्ब ९५ करोड १५ लाख रुपैयाँ रहेको थियो ।
Read full story at source (arthasansar.com)