ममता बनर्जीका निकट पूर्वमन्त्री आशिष बनर्जी पार्टी कार्यालयमा मृत भेटिए
kendrabindu.com · Sun Aug 16 05:00:50 GMT 2026

काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका निकट मानिने तृणमूल कांग्रेसका नेता तथा पूर्वमन्त्री आशिष बनर्जी पार्टी कार्यालयमा मृत फेला परेका छन् । बीरभूम जिल्लाको रामपुरहाटस्थित आफ्नै निवाससँगै रहेको पार्टी कार्यालयको एउटा कोठामा आइतबार बिहान उनको शव फेला परेको हो ।
उनी रामपुरहाट विधानसभा क्षेत्रबाट लगातार पाँच पटक निर्वाचित भएका थिए । प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार कार्यालयको कोठाभित्र झुण्डिएको अवस्थामा आशिषको शव भेटिएको हो । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
Read full story at source (kendrabindu.com)