पत्रकारिता पेसालाई सुरक्षित बनाउन ‘ज्येष्ठ पत्रकार पेन्सन कोष’ स्थापना
gorkhapatraonline.com · Sat May 16 14:51:50 GMT 2026

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण कोष’ स्थापना गरेको छ । पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गरेको हो ।
ज्येष्ठ पत्रकारहरूको हित संरक्षण, आत्मसम्मान अभिवृद्धि, सामाजिक सुरक्षा सुनिश्चितता तथा उनीहरूको अनुभव, योगदान र समपर्णको उच्च कदर गर्न जिल्लामा ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरिएको नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)