एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिन बढायो
himalpress.com · Tue Sep 01 09:09:55 GMT 2026

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ।
कम्पनीले शनिबारदेखि लागू हुने गरी सेवा अवधि एक हप्ता थपिएको जनाएको छ। यसअघि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, अल-नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराइएको थियो। उक्त तीन दिने अवधि शुक्रबार सकिने भएपछि सेवा अवधि पुनः विस्तार गरिएको हो।
Read full story at source (himalpress.com)