मेस्सीको पेनाल्टी फेरि चुक्यो, न्याशभिलसँग मियामीको लज्जास्पद हार
ratopati.com · Sun Aug 16 08:08:20 GMT 2026
काठमाडौँ । मेजर लिग सकर (एमएलएस) को शीर्ष स्थानको टोली न्याशभिल एससीसँग इन्टर मियामी ४–१ को फराकिलो अन्तरले पराजित भएको छ । शनिबार भएको खेलमा मियामीका कप्तान लियोनेल मेस्सीले पेनाल्टी चुकाएपछि उनको टोलीले लज्जास्पद हार बेहोरेको हो ।
न्याशभिलको घरेलु मैदानमा भएको खेलमा आयोजक टोलीका लागि एन्डी नजर, हानी मुख्तार र साम सरिजले गोल गरे । मुख्तारले व्यक्तिगत रूपमा दुई गोल गरेपछि न्याशभिलले मियामीमाथि सहज जित निकाल्यो ।
Read full story at source (ratopati.com)