कांग्रेस इतर समूहको भेला समापनमा लफडा, धर्मको बुँदामा निधि र डा.महतबिच ‘कागज खोसाखोस’
ratopati.com · Sun Aug 16 08:22:03 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहद्वारा आयोजित ३ दिने राष्ट्रिय भेलाको समापन सत्रमा शीर्ष नेताहरूबिच ‘धर्मको विषयलाई लिएर सार्वजनिक रूपमै विवाद देखिएको छ । भेलाले पारित गरेका निर्णयहरू सुनाउने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा.प्रकाशशरण महतबिच भनाभन र कागज खोसाखोस भएको हो।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको समापन समारोहमा निर्णयहरू वाचन गर्ने तयारी भइरहँदा दुई नेताबिच विवाद भएको हो । विवादको मुख्य जड भेलाको प्रस्तावमा समेटिएको ‘धर्म’ सम्बन्धी वाक्य रहेको थियो।
Read full story at source (ratopati.com)