यस्तो छ देउवा समूहको राष्ट्रिय भेलाले पारित गरेको ५ बुँदा
onlinekhabar.com · Sun Aug 16 08:13:07 GMT 2026

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला पाँच वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको यो समूहको दुई दिने भेलाले पार्टीको १५औं महाधिवेशनदेखि धर्म र संस्कृतिसम्मको प्रस्तावहरू पारित गरेको हो।
भेलाले पार्टीको १५औं महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने, १५औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कामकारबाही देउवाको निर्देशनमा राष्ट्रिय भेलाको संयोजकले संयोजन गर्दै जाने प्रस्ताव पारित गरेको छ। यो भेलाको संयोजक डा शशांक कोइराला थिए।
Read full story at source (onlinekhabar.com)