ठाउँ र प्राविधिक अभावले नवलपरासीमा शव व्यवस्थापनमा समस्या
annapurnapost.com · Tue Sep 01 09:20:58 GMT 2026

परासी : नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा राखिएका शवको व्यवस्थापनका लागि समस्या भएको बताइएको छ। एकै पटक धेरै शव आएका कारण व्यवस्थापनमा समस्या हुँदा दुर्गन्ध फैलिन थालेको छ।
अहिले पाँच जना चिकित्सकहरुले शवको डीएनए परीक्षण गरिरहेका छन्। तर पोष्टमार्टम गर्ने प्राविधिक कम हुँदा समस्या भएको पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बृज यादवले बताए। पोष्टमार्टम प्राविधिकले शवको हड्डीलगायत आवश्यक पर्ने अङ निकालेपछि चिकित्सकहरुले परीक्षण गर्ने गरेका छन्।
Read full story at source (annapurnapost.com)