रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेकाे ड्रोन खसालियाे
ratopati.com · Sun Aug 16 09:04:56 GMT 2026

काठमाडौँ। नेटोको हवाई निगरानी अभियानमा खटिएको स्पेनी एफ–१८ लडाकु विमानले रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको एक ड्रोन खसालेको रोमानियाको रक्षा मन्त्रालयले जनाएको छ ।
रक्षा मन्त्रालयका अनुसार यो वर्ष रोमानियाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका चौथो मानवरहित विमान खसालेको हो । रोमानिया युक्रेनसँग ६१४ किलोमिटर लामो सीमा जोडिएको नाटो सदस्य राष्ट्र हो । रुस–युक्रेन युद्ध सुरु भएयता रुसी ड्रोन पटक–पटक रोमानियाली हवाई क्षेत्रमा प्रवेश गरेका छन् ।
Read full story at source (ratopati.com)