एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने
gorkhapatraonline.com · Tue Jun 09 10:15:20 GMT 2026

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रुपमा सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)