चुस्ता लगाएर बाढी प्रभावित क्षेत्रमा पुगेको ‘ग्रीन आर्मी’ के हो ?
ratopati.com · Tue Sep 01 09:33:45 GMT 2026

काठमाडौँ । विपद् प्रभावित जिल्लाहरुमा ‘ग्रीन आर्मी’ नामको समूहको उपस्थिति देखिएको छ । भोटेकोशीको बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा उद्धारमा सहभागी हुन गएको सो समूहको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर स्थानीयहरूले यसको आधिकारीकताबारे प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गरिएको एउटा भिडियोमा भनिएको छ, ‘नेपाल आर्मी भन्ने थाहा थियो, यहाँ त ग्रीन आर्मी पनि रहेछ ।’ प्रभावित क्षेत्रमा उनीहरू सैन्य पोसाक जस्तै देखिने चुस्ता लगाएर उपस्थित भएका छन् । स्थानीयहरूले प्रश्न गर्दा सो समूहका एक जना युवाले भनेका छन्, ‘हामी ग्रीन आर्मी हौँ, काठमाडौँदेखि आएको ।’
Read full story at source (ratopati.com)