एक्समा कन्टेन्ट हटाउन आउने सरकारी दबाब र सेन्सरसिप सार्वजनिक गर्ने मस्कको घोषणा
techpana.com · Sun Aug 16 10:10:10 GMT 2026

काठमाडौं । सामाजिक सञ्जाल ‘एक्स’का मालिक एलन मस्कले विभिन्न देशका सरकारले सामग्री हटाउन वा प्रतिबन्ध लगाउन दिएका निर्देशनलाई अब प्रयोगकर्तामाझ पारदर्शी रूपमा सार्वजनिक गर्ने घोषणा गरेका छन् । डिजिटल अभिव्यक्ति स्वतन्त्रतामा भइरहेको सरकारी हस्तक्षेपलाई उजागर गर्ने उद्देश्यले एक्सले यो नयाँ नीति ल्याउन लागेको हो ।
यो व्यवस्था अनुसार अबदेखि कुनै पनि सरकारी अधिकारी वा निकायको दबाबमा कुनै सामग्री हटाइएमा वा प्रतिबन्ध लगाइएमा त्यसको जानकारी सिधै प्रयोगकर्तालाई दिइनेछ ।
Read full story at source (techpana.com)