बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह
khabarhub.com · Tue Sep 01 09:40:00 GMT 2026

काठमाडौं – राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति बिना संस्थागत संरक्षणमा नराख्न र ओसारपसार नगर्न आग्रह गरेको छ।
परिषद्ले बाबुआमा वा संरक्षक गुमाएका, बेपत्ता भएका वा घाइते बालबालिकालाई पहिले परिवारका सदस्य तथा नातेदारकै संरक्षणमा राखी राहत, उपचार र मनोपरामर्शलगायत सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।
Read full story at source (khabarhub.com)