दोरम्बा हत्याकाण्डका शहीदको सपना पूरा गर्न सङ्घर्ष आवश्यक छ : नारायणकाजी श्रेष्ठ
ratopati.com · Sun Aug 16 10:58:37 GMT 2026

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा हत्याकाण्डका शहीदहरूले देखाएको समतामूलक, न्यायपूर्ण र समृद्ध नेपालको सपना अझै पूरा हुन नसकेको भन्दै त्यसलाई साकार पार्न सबै क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्ने बताएका छन्।
दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले शान्ति वार्ता चलिरहेका बेला राज्य पक्षबाट पक्राउ गरी निर्ममतापूर्वक हत्या गरिएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले शहीदहरूको बलिदानकै परिणामस्वरूप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, समावेशी लोकतन्त्र संस्थागत भएको र ऐतिहासिक राजनीतिक परिवर्तन सम्भव भएको बताए।
Read full story at source (ratopati.com)