शतकपछि कुशल भुर्तेलको प्रतिक्रिया : खुसी व्यक्त गर्न शब्द नै छैन
nepalnews.com · Sat May 16 15:33:35 GMT 2026
काठमाडौँ । नेपालका शतकधारी ब्याटर कुशल भुर्तेलले आईसीसी विश्वकप लिग–२ को शृङ्खलामा अमेरिकामाथि सानदार जित निकालेपछि आफ्नो शतकभन्दा पनि शीर्ष क्रमका ब्याटरले रन बनाउन सकेकोमा बढी खुसी लागेको बताएका छन्।
अमेरिकाविरुद्ध अविजित १२० रनको शतकीय पारी खेल्दै ओपनरको भूमिका निर्वाह गरेका उनले खेलपछिको पत्रकार सम्मेलनमा भनेका छन्, ‘लामो समयदेखि शीर्ष क्रमका ब्याटरबाट राम्रो सुरुआत हुन सकिरहेको थिएन। आज त्यो सम्भव हुँदा निकै खुसी लागेको छ। मेरो व्यक्तिगत शतकभन्दा पनि टोलीको जित सधैँ महत्त्वपूर्ण रहन्छ।’ शतक पूरा हुँदाको क्षण व्यक्त गर्न आफूसँग शब्द नै नभएको पनि उनले बताए।
Read full story at source (nepalnews.com)