भोटेकोशी बाढीपीडितका लागि वीरेन्द्रनगर नगरपालिकाले ५१ लाख सहयोग गर्ने
annapurnapost.com · Tue Sep 01 09:56:49 GMT 2026

वीरेन्द्रनगर : भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि वीरेन्द्रनगर नगरपालिकाले ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
भोटेकोशी क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि स्थानीय तह, संघसंस्था तथा विभिन्न क्षेत्रबाट राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम चलिरहेका बेला वीरेन्द्रनगर नगरपालिकाले पनि पीडितको दुःखमा साथ दिने निर्णय गरेको हो। नगरपालिकाले उपलब्ध गराउने ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि खर्च हुने जनाइएको छ।
Read full story at source (annapurnapost.com)