त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज
gorkhapatraonline.com · Tue Sep 01 10:11:44 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएकामध्ये २७ जनाको उपचार भइरहेको छ ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ६७ बिरामीमध्ये २७ जनाको उपचार भइरहेको जानकारी दिनुभयो । उपचार भइरहेका बिरामीमध्ये तीन जनाको सघन उपचार कक्ष (आइसियू) र दुई जनाको हाइकेयर (विशेष निगरानी) मा राखेर उपचार भइरहेको छ ।
Read full story at source (gorkhapatraonline.com)