भक्तपुरको बोडेमा तान्त्रिक विधि-विधानमा आधारित नीलबाराही नाच सुरु
annapurnapost.com · Tue Sep 01 10:10:57 GMT 2026

भक्तपुर : भक्तपुरको बोडेमा तान्त्रिक विधिविधानमा आधारित नीलबाराही नाच सुरु भएको छ। नीलबाराही नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातीबाट सुरु भइ चार दिनसम्म नचाइने परम्परा रहेको छ।
यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रापछिको ठुलो जात्राका रूपमा लिने गरिन्छ। नाचमा १९ जना देवदेवीको स्वरुपलाई सहभागी गराईन्छ। जसमा बाराही चारजना, कुमारी चारजना, सिंह चारजना, गणेण चारजना हुन्छ भने द्वारपाल दुईजना र भैरव एक जना हुन्छ। नेपाल सम्वत ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण भक्तपुरमा नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच सुरु गरेको भन्ने वंशावलीमा उल्लेख छ । स्थानिय चर्चामा स्वय् नीलबाराही देवीले नै नाच सिकाएको पोङ्गा वादक भरत धोंले बताए।
Read full story at source (annapurnapost.com)