मधेसका मुख्यमन्त्रीद्वारा जलाद खोलाको अनुगमन, सात टिपर र दुई स्काभेटर नियन्त्रणमा
ratopati.com · Fri Apr 04 17:50:00 GMT 2025

महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाकोे मिथिला नगरपालिका–४ स्थित जलाद खोलाको अनुगमन गरेका छन् । अनुगमनका क्रममा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थकोे उत्खनन भइरहेको भेटिएपछि उत्खनन तथा ओसारपसारमा प्रयोग भएका सातवटा टिपर र दुईवटा स्काभेटर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केबरको जिम्मा लगाइएको उनले बताए ।
मुख्यमन्त्री सिंहका अनुसार जलाद खोला वन क्षेत्रभित्र पर्ने भएकाले यहाँ कुनै पनि किसिमको उत्खनन गर्नुअघि वन नियमावलीअनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनिवार्य पर्दछ । सो प्रतिवेदनलाई प्रदेश सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिनुपर्ने व्यवस्था छ । बिनास्वीकृति अवैध रूपमा नदीजन्य पदार्थकोे उत्खनन भएको पाएपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
Read full story at source (ratopati.com)