प्रतिनिधिसभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?
annapurnapost.com · Fri Jun 26 04:19:14 GMT 2026

काठमाडौं : प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गरिने संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।
Read full story at source (annapurnapost.com)