अभियान लघुवित्तको तेस्रो वार्षिकोत्सव सम्पन्न
abhiyandaily.com
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो । सो अवसरमा कम्पनीका अध्यक्ष बाबुराम थापाले कर्मचारीलगायत ग्राहकमा धन्यवाद ज्ञापन गरे । ‘स्थापनालगत्तै कोभिडलगायत कारण अर्थतन्त्र अस्तव्यस्त भएको जटिल अवस्थादेखि तरलताको अभाव रहेको कठिन आर्थिक सामाजिक परिस्थितिमा निष्ठापूर्वक काम गर्ने कर्मचारी वर्ग तथा साथ सहयोग गर्ने समस्त ग्राहक सदस्यप्रति संस्थाको तर्फबाट विशेष धन्यवाद व्यक्त गर्छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा कम्पनीले काभ्रेको पनौती बसपार्कमा बृहत् रक्तदान, विभिन्न शाखा कार्यालयमा रक्तदान, वृक्षरोपण, वित्तीय साक्षरतालगायतका कार्यक्रम गरिएको संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले जानकारी दिए । संस्थाले ७ ओटै प्रदेशमा विभिन्न ६० शाखामार्फत कारोबार गर्दै आएको छ ।
Read full story at source (abhiyandaily.com)