बिमाले तोकेको र बजार मूल्यबीच औषधीमा आठ गुणासम्मको अन्तर
himalpress.com · Tue Jun 09 11:10:25 GMT 2026

चितवन- ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधी बजारमा प्रतिट्याबलेट आठ रुपैयाँमा पाइन्छ। त्यही औषधी भरतपुर अस्पतालले रु १.१२ मा बिक्री गर्छ सोही औषधी स्वास्थ्य बिमा बोर्डले रु १.५६ मा बिक्री मूल्य तोकेको छ। सरसर्ती हेर्दा औषधी उत्पादकबाट उपभोक्तासम्म आइपुग्दाका बीचमा नाफा कति होला।
भरतपुर अस्पतालले बोलपत्रबाट खरिद गर्दाको मूल्यमा २० प्रतिशत नाफा थप गरेर बिक्री गर्दा यो मूल्य आएको हो। यसरी हेर्दा भरतपुर अस्पतालले खरिद गरेको मूल्य र औषधीको एमआरपी (खुद्रा मूल्य) हेर्दा आठ गुणभन्दा बढी फरक परेको छ। उक्त औषधी मात्रै होइन प्रोस्टेटका बिरामीले प्रयोग गर्ने सिलोडोसिन ८ एमजीको बजार मूल्य रु ३५ प्रतिट्याबलेट पर्ने औषधी स्वास्थ्य बिमाले रु सात तोकेको छ।
Read full story at source (himalpress.com)