घर भत्किँदा दुई जनाकाे मृत्यु
ratopati.com · Tue Sep 01 10:22:17 GMT 2026

सुर्खेत। रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड अलमोडा गएका दुई जनाको घर भत्किँदा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको नरहरीनाथ गाउँपालिका–९, निवासी ३५ वर्षीय चक्र दर्जी र ३४ वर्षीय डिल्ली दर्जी रहेका छन् ।
वडाध्यक्ष प्रदीप बोहोराका अनुसार गएराति अविरल वर्षाका कारण उनीहरू बस्ने घर भत्किँदा पुरिएर मृत्यु भएको हो । ‘उहाँहरू बस्ने घर कच्ची रहेछ, रातमा सुतिरहेका बेला भत्किएछ,’ बोहोराले भने । चक्रका ३ छोरा, श्रीमती, डिल्लीका १ छोरा २ छोरी र श्रीमती छन् । परिवारको रोजीरोटी र छोराछोरीको भविष्यका लागि भन्दै अलमोडा गएका थिए ।
Read full story at source (ratopati.com)