अब विदेश पढ्न जाने विद्यार्थीले आफ्नो स्थानीय मुद्रामा सटही सुविधा पाउने
nepalpress.com · Tue Jun 09 11:19:49 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत नेपाली विद्यार्थीका लागि भिसा प्राप्ति वा नवीकरण र निर्वाह खर्चको व्यवस्थापनलाई सहज बनाउन विदेशी मुद्रा सटहीसम्बन्धी प्रावधान बनाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीको भिसा प्राप्ति वा नवीकरण र निर्वाह खर्चको लागि सम्बन्धित मुलुकको राजदूतावास वा सरकारी निकायले विद्यार्थीको खाता नाममा यस बैंकले तोकेको परिवर्त्य विदेशी मुद्राको सूचीमा नरहेको आफ्नो स्थानीय मुद्रामा निश्चित रकम देखाउनु पर्ने प्रावधान रहेको पुष्टि हुने कागजातको आधारमा आवश्यक रकमको सटही उपलब्ध गराउन सकिनेछ ।
Read full story at source (nepalpress.com)