यूएइमा नेपाली तेक्वान्दो खेलाडी घर्ती मगर सम्मानित
gorkhapatraonline.com · Tue Jun 09 11:25:10 GMT 2026
नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगरलाई यूएई तेक्वान्दो फेडेरेसनले २०२५–२०२६ खेलसत्रका तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको माधयमबाट गरेको उत्कृष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको छ ।
यूएई तेक्वान्दो फेडेरेसनको बोर्ड अफ डाइरेक्टर्सले जारी गरेको प्रशंसापत्रमा घर्ती मगरले विभिन्न तेक्वान्दो प्रतियोगितामा रेफ्रीको रूपमा देखाएको महत्वपूर्ण, विशिष्ट र उदाहरणीय कार्य सम्पादनले फेडेरेसनका कार्यक्रम तथा प्रतियोगिताहरू सफल बनाउन भूमिका खेलेको उल्लेख गरिएको छ।
Read full story at source (gorkhapatraonline.com)