गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिनुभयो पद तथा गोपनीयताको शपथ
gorkhapatraonline.com · Tue Jun 09 11:29:30 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । नवनियुक्त मन्त्रीद्वयले अहिले केहीबेरमा पदबहाली गर्दै हुनुहुन्छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारी लगायतको उपस्थिति थियो ।
Read full story at source (gorkhapatraonline.com)