भोटेकोशी बाढी : भक्तपुरका छ जना सम्पर्कमा
gorkhapatraonline.com · Tue Sep 01 10:50:18 GMT 2026

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा आएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार भक्तपुर ठेगाना भएका १९ जना बाढीपछि सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ । सम्पर्कविहीनमध्ये छ जना सम्पर्कमा आएका छन् भने भक्तपुरका इञ्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु भएको पुष्टि भइसकेको उहाँले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)