पर्यटन विकासको काममा अनियमितता : तत्कालीन प्रमुखसहित पाँचजनाविरुद्ध मुद्दा
annapurnapost.com · Tue Sep 01 10:50:53 GMT 2026

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास कार्यालय गौर रौतहटका तत्कालीन कार्यालय प्रमुख राजेश काफ्लेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिरको थप मर्मत कार्यमा मापदण्ड विपरीत न्यून गुणस्तरको कार्य गरी अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त कार्यालय प्रमुख काफ्ले,इन्जिनियरद्वय सुदिप प्रकाश तिमल्सेना र नितिश कुमार पटेलविरुद्ध मंगलबार विशेष अदालतमा आरोप -पत्र दायर गरेको हो। उनीहरूविरुद्ध जनही ६ लाख ८० हजार ५९२ रुपैयाँ बिगो माग गरिएको छ।
Read full story at source (annapurnapost.com)