सुदूरपश्चिममा गौरा पर्व सुरु, पहिलो दिन 'बिरुडा पञ्चमी' मनाईयो
annapurnapost.com · Tue Sep 01 10:45:26 GMT 2026

डडेल्धुरा : सुदूरपश्चिमको मौलिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको गौरा पर्व मंगलबारदेखि विधिवत् रूपमा सुरु भएको छ। मगंलवार भाद्र शुक्ल पञ्चमीका दिन घरघरमा बिरुडा भिजाएर यस वर्षको गौरा पर्वको सुरुआत गरिएको हो।
गौरा पर्वको पहिलो दिन ‘बिरुडा पञ्चमी’ मनाईएको छ। आजको दिनमा व्रतालु महिलाहरूले तामाको भाँडामा मास, कलौँ, गहत, गहुँ र गुरुस गरी पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाउने गर्दछन्। पञ्च अनाजवाट भिजाएर वनाईएको पुजा सामाग्रीलाई बिरुडा भन्ने चलन छ। यसरि निर्माण गरिएको मुख्यपुजा सामाग्री बिरुडाले नै गौरा देवीको पुजाआजा समेत गर्ने गरेको अजयमेरु–१ का पण्डित प्रकास भट्टले बताए ।
Read full story at source (annapurnapost.com)